शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

धुर्मुस-सुन्तली फाउण्डेशनले मुसहरहरुलाई घर निर्माण गरिदिने

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष ६ गते 1.1K

काठमाडौंः सिन्धुपाल्चोकको गिरानचौर एकीकृत बस्ती निर्माणमा सफलता हासिलसँगै चर्चा कमाएका हास्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले तेस्रो एकीकृत बस्ती निर्माण गर्ने भएका छन् । 

उनीहरुले खडा गरेको धुर्मुस सुन्तली फाउण्डेशन नामक सामाजिक संस्थामार्फत यस्तो परियोजना निर्माण गर्न लागिएको हो । धुर्मुस सुन्तलीले भिडियोमार्फत तेस्रो परियोजना सार्वजनिक गर्दै मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपील गरेका छन् । 

उनीहरुले सुरुमा भूकम्प पीडितका लागि काभ्रेको पहरी वस्ती निर्माण गरेका थिए । गिरान्चौरमा एकीकृत वस्ती निर्माण ठूलो सहयोग जुटाउन सफल कालाकारद्धय धुर्मुस सुन्तलीले अबको परियोजनामा पनि सहयोग जुटने आशा लिएका छन् । 

तेस्रो परियोजनामा उनीहरुले बर्दिबास– २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने कुरालाई समेटेका छन् । सरसफाई अभियानको दूतसमेत बनेका उनीहरुले सरसफाईकै क्रममा उक्त स्थानमा पुग्दा चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएको देखेका थिए । 

तराइको पिछडिएको जातिमा पर्ने मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् । अघिल्लो परियोजनाभन्दा सामाजिक सदभावका कारणले पनि यो फरक रहेको भन्दै उनले चार करोड ७८ लाख लगानीमा यो वस्ती निर्माण हुने बताए । 

तेस्रो परियोजनामा गिरान्चौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको एक करोड ३ लाख ६६ हजार ३ सय एक रुपियाँसमेत खर्च गर्ने जनाइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017