शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

लोकमानलाई अदालत परिसरमै कालोमोसो र मुक्का (फोटो फिचरसहित)

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष ७ गते 20.86K
तस्विरः विकास द्धारे

काठमाडौंः अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत भित्रै कालोमोसो दलिनुका साथै मुक्का प्रहार भएको छ । 

बिहीबार बयानको लागि अदालत आएका कार्कीलाई पेशी कक्षमा जाँदै गर्दा पछाडिबाट गएका दुईजनाले कालोमोसो दल्नुका साथै मुक्का हानेका थिए । त्यसपछि उनीहरुले नेकपा माओवादी जिन्दावाद भन्दै बाहिरिन खोज्दा प्रहरीले पक्राउ गरेको थियो । 

कालो ज्याकेट र निलो जिन्स पाइन्ट लगाएका व्यक्तिले लोकमानलाई कालोमोसो दल्दै मुक्का हानेका थिए । लोकमान आफूविरुद्ध परेको योग्यता सम्बन्धी मुद्दाको पेशीका लागि अदालत पुगेका थिए । 

कालोमोसो दलिएको अनुहार धोएर कार्की अदालतबाट बाहिरिएका थिए ।कडा सुरक्षा व्यवस्था रहेको अदालतभित्रै कार्कीमाथि आक्रमण हुनुले अदालतको सुरक्षामा समेत प्रश्न उठेको छ ।

यो पनि पढनुहोसः  

नेताहरुलाई नङ्ग्याइदिने लोकमानसिंह कार्कीको चेतावनी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017