शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

विद्युत प्राधिकरणका सञ्चालकहरु हटाउने निर्णय सर्वोच्चले उल्ट्याइदियो, उर्जामन्त्रीलाई ठूलो धक्का

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष १३ गते 72.79K

काठमाडौंः नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरुलाई हटाउने उर्जामन्त्री जनार्दन शर्माको निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ । सर्वोच्चले अन्तरिक आदेश जारी गर्दै प्राधिकरणका तीन जना सञ्चालकहरुलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । 

उर्जामन्त्री शर्माले प्राधिकरणका सञ्चालकत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई पदीय आचरणअनुसार काम नगरेको भन्दै स्पष्टिकरण सोधेर हटाएका थिए । हटाएकै दिनमा उनले माओवादीका दुई कार्यकर्ता र एक काँग्रेसनिकटलाई प्राधिकरण सञ्चालक समितिमा नियुक्त गरेको थिए । 

सर्वोच्चका न्यायधीस प्रकाश राउतको एकल इजलाशले बुधबार उर्जा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश जारी गरेको हो । यसले मन्त्री शर्मालाई ठूलो धक्का लागेको छ भने उनले नियुक्त गरेका सञ्चालकहरु भक्तबहादुर पुन, चेतराज जोशी र उमेश थानीले एक महिना पनि सञ्चालक हुन नपाई हटन बाध्य भएका छन् । 

उर्जामन्त्री शर्माले ल्याएका सञ्चालकहरु नियुक्त हुनासाथै गैरकानुनी नियुक्ति गरिएको भन्दै प्राधिकरणका युनियनहरुले विरोध जनाएका थिए । उनीहरुलाई नियुक्त गरेको भोलिपल्टै उर्जामन्त्री शर्माले प्राधिकरणका ६२ जटा एजेण्डाहरु पास गराएका थिए । 

पुर्नबहाली भएका सञ्चालकहरुमा लामिछाने यसअघि पनि अदालतकै आदेशमा पुर्ननियुक्ति पाएका व्यक्ति हुन । उनीहरुको कार्यकाल आउँदो चैतसम्म रहे पनि मन्त्री शर्माले आफू अनुकुल काम गर्न भन्दै अग्रवाल, मिश्र र लामिछानेलाई हटाएर आफ्नो पार्टी निकटहरुलाई ल्याएका थिए ।  

यो पनि पढनुहोसः
विद्युत प्राधिकरणका नयाँ सञ्चालकहरु पनि विवादित, कानुन मिचेर नियुक्ति गरिएको गुनासो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017