आईतवार, माघ ९, २०७३ साल
KTM: Mostly Cloudy
logo
  • bajaj

चिसो ह्वात्तै बढ्यो

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष १७ गते 2.4K

काठमाडौंः आकाश बादलले ढाकेसँगै राजधानी काठमाडौं र यस आसपासका क्षेत्र निकै चिसिएको छ । शनिबारबाटै घाम लाग्न छोडेपछि विभिन्न स्थानमा हिउँसमेत परेको छ । मौसम चिसिएसँगै काठमाडौंको तापक्रम पाँच डिग्री सेल्सेसबाट झरेको छ । 

पश्चिमी वायुको प्रभाव पूर्वतर्फ सर्ने क्रममा मौसममा बदली भएको हो । यसले बाताबरण शनिबारभन्दा आइतबार बढी चिसो बनाएको छ । जल तथा मौसमविद्हरुका अनुसार पश्चिमी वायुको प्रभाव पूर्व सर्न अझै दुई दिन जति लाग्ने भएकोले उपल्लो पहाडी तथा हिमाली क्षेत्रका जनताले चिसो सहनुपर्नेछ । 

मौसमविद बरुण पौडेलका अनुसार पर्सिसम्म मौसम बदली भई झिटझुट बर्षा र हिउँ पर्ने बताए । अहिले उच्च पहाडी र हिमाली भेगहरुमा हिउँ परिरहेको छ । मौसममा आएको बदलीसँगै बढेको चिसोले दिउसोको घाममा रमाउँदै आएका मानिसहरु कोठाभित्रै सीमित हुन पुगेका छन् भने ठाउँ ठाउँमा दाउरा बालेर आगो तापेको समेत देखिएको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाइको प्रतिक्रिया
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017