शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

वर्षा र हिमपातले जनजीवन प्रभावित, काठमाडौंको तापक्रम २.६ डिग्री सेल्सियसमा झर्यो

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष १९ गते 1.28K

काठमाडौंः पश्चिमी वायुको प्रभावले आजपनि देशका विभिन्न भेगमा मौसम बद्लीसँगै हल्का वर्षा र हिमपात भएको छ । काठमाडौंमा सोमबार साँझ केहीबेर बर्षा भएको छ ।

पश्चिम नेपालबाट आइतबार प्रवेश गरेको उक्त वायुको प्रभावले पश्चिमको पहाडी भेग तथा मध्य र पूर्वका सबै स्थानमा बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

ती क्षेत्रमा सोमबार राति हल्का वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन । “पश्चिमका पहाडी भेग र मध्य र पूर्वका केही स्थानमा वर्षा हुनेछ, हिमाली क्षेत्रमा हिमपात हुने देखिएको छ, मङ्गलबार पनि मध्य र पूर्वी पहाडी भेगमा बद्ली हुनेछ”–उनले भनिन ।

मौसमविद् कँडेलका अनुसार पश्चिमी वायु देशको मध्य भेग हुँदै पूर्वतर्फ अघि बढिरहेकाले मङ्गलबारदेखि क्रमिक रुपमा सुधार हुनेछ । पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्रको विकास हुँदा देशको मौसममा खराबी आएको हो । 

मौसम बद्लीसँगै कतिपय स्थानमा वर्षा र हिमपात भएपछि काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ भने तराई भेगमा बाक्लो कुहिरो लागेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार सबैभन्दा बढी जिरीमा ५.१, ओखलढुङ्गामा ३.८ र लुम्लेमा १.७ मिलिमिटर वर्षात् भएको छ । दीपायलमा ०.६ र जुम्लामा ०.३ मिमि वर्षात भएको छ ।     

सोमबार काठमाडौँको न्यूनतम २.६ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जिरीमा ऋणात्मक २ र सबैभन्दा बढी सिमरामा २७.५ डिग्री तापक्रम रहेको महाशाखाले जनाएको छ । रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017