शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

म बिरामी थिएँ, त्यही भएर दालचिनी खाँदै थिएँ, सर्किएर फालेको हुँ – केसी

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष १९ गते 2.81K

काठमाडौंः शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफू अस्वस्थ भएकाले दालचिनी खाएको र एक्कासी सर्किएकाले सामबारको संसद बैठकमा मुखबाट दालचिनी निकालेर फाल्नु परेको बाध्यता सुनाएका छन् । 

मन्त्री केसीले सुर्ति नखाएको दावी गरे । यद्यपि संसद सचिवालय आफैले खिचेको उक्त भिडियोमा केसीलाई सर्को परेको देखिन्नथ्यो । रिपोर्टर्स क्लवमा मंगलबार उनले आफू विगत केही दिनदेखि नै अस्वस्थ भएको जिकिर गरेका छन् । हिजो संसदमा देखिएको दृश्य स्वभाबिक भएको भन्दै केसीले गल्ति नगर्ने मानिस दुनियाँमा नभेटिने बताए तर्क प्रस्तुत गरे । 

उनले भने, ‘एक्कासी मलाई घाँटी सक्र्यो, मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझी जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ ।’ केसीले संसदीय मान्यता आफूलाई पनि थाहा भएको छ, पालक पनि भएको भन्दै तर हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो भनेका छन् । कुनै दिन मेरै जस्तो समस्या उसलाई पनि नआउला भन्न सक्दिन, उनले थपे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017