शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

माधव नेपालले देउवालाई भने- मुलुकमा झमेला सिर्जना गर्ने र तमासा देखाउने काम नहोस

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २० गते 15.28K

काठमाडौंः नेकपा एमालेका नेता माधव नेपालले अहिलेको संविधान संशोधनको माग तराई–मधेशका जानताले नगरेको भन्दै भारतबाट यो माग उठाइएको संकेत गरेका छन् । 

प्रेस चौतारीको कार्यक्रममा बुधबार उनले कुनै एक दुई व्यक्तिले भन्यो भन्दैमा सिंगो मधेसको मागको रुपमा बुझने हाम्रो बुझाई नै गलत हो भने । म माधव नेपाल रौतहटमा जन्मिएको मधेशको धर्ती पुत्रले भनेकोले नहुने, जसको बाउ बाजेको ठेगान छैन, जन्म नै नेपालमा भएको होइन, उसले भनेका कुरा चाँही मधेसको हुने ? नेपालले प्रश्न गरे । 

काँग्रेसका सभापति शेरबहादुर देवालाई लक्षित गर्दै उनले मुलुकलाई झमेलामा पुर्याउने काम कसैबाट पनि नहोस भनी चेतावनी दिए । धेरै पटक प्रधानमन्त्री भएको मान्छे हो, देश–विदेश भ्रमण गरेको परिपक्व व्यक्ति, चुनौति कसरी सामना गर्ने सबै थाहा छ । त्यसैले कम अनुभवी प्रचण्डले कमजोरी गरे भन्दैमा तमासा हेर्ने होइन, नेता नेपालले देउवालाई सल्लाह दिए । 

उनले कुन त्रास र दवावले संविधान संशोधन र प्रदेश विखण्डन गर्न लागेको हो भन्दै देउवालाई थप प्रश्न गरे ? विखण्डनकारीलाई ढाडस दिने काम नेता नेपालको सल्लाह थियो । उनले एमालेलाई मिलेर जाऊँ भनेर कसैले एउटा हात दिन्छ भने हात दिन तयार रहेको बताउँदै कांग्रेस र माओवादी केन्द्र दुवैले मिलेर जाऊँ भन्छन् भने एमाले मिलेर जान तयार रहेको बताए । 

हामी नेपालको आन्तरिक मामिला आफैं हल गर्नुपर्छ भन्ने पक्षमा छौं । जनताको भावना नबुझे कांग्रेस र माओवादी पत्तासाफ हुन्छन् ५ नम्बर प्रदेशले के चाहन्छ भन्ने कुरा लाखौं जनता सडकमा उत्रेर लगाएको नारा र ऐक्येबद्धताले प्रष्ट गरिसकेको छ, नेता नेपालले आफ्नो सम्बोधनमा भने । 

तैपनि चेत्दैनन्, जनताको भावना बुझ्दैनन् भने कांग्रेस र माओवादी केन्द्र आउँदो निर्वाचनमा पत्तासाफ हुने उनको भनाई थियो ।  मोरङ–सुनसरीदेखि पर्सासम्मका जनताको एउटै माग–सिमांकन परिवर्तन होइन, देशमा चुनाव र विकास भन्दै नेपालले सर्बोच्चको फैसलाले देशलाई ठूलो दुर्घटनाबाट बचाएको तर्क गरे । 

उनले एमालेले प्रदेशसभाको सहमतिबिना सीमांकन हेरफेर असंवैधानिक हुने जुन अडान राख्दै आयो, अदालतको फैसलाले पार्टीको अडान सही रहेको पुष्टि गरेको छ भन्दै वास्तबमा अदालतको फैसलाले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताए । 

पाँच नम्बर प्रदेश विभाजन गर्ने उनीहरु (?)को सुरुवाती कदम थियो भन्दै नेता नेपालले सिंगै तराई अलग नगरेसम्म चुप लाग्दैनौं भनिरहेका बेला अदालतको फैसलाबाट सिमांकन हेरफेर रोकिएको छ भने । चुनावको मिति घोषणा गर्नुस्, को आउँछ, आउँदैन चिन्ता नगर्नुस् भन्दै उनले जातीय, धार्मिक मामिलामा हामी कहिले सम्बेदनशील हुने ? भनी प्रश्न गरे । 

भारतको सर्बोच्च अदालतले जात र धर्मका नाममा राजनीतिक दलहरुले मत माग्न नपाउनेगरी फैसला गरको स्मरण गराउँदै नेता नेपालले तर हाम्रो मुलुकमा चाँही राष्ट्रिय एकता वलियो बनाउने होइन, कसरी दूरी बढाउने ? भन्ने काम भइरहेको छ भने । 

देश टुक्र्याउने, बिखण्डन नै गर्ने धम्की दिईंदा, देशभक्तिलाई होच्चाउने काम हुँदासमेत नियन्त्रण गर्ने, सजाय दिने काम हुन्न । तर विदेशमा कडा सजायँ दिइन्छ, उनले सुनाए । 

प्रधानमन्त्रीसमेत भइसकेका नेता नेपालले जातीय, धार्मिक विषयमा बोल्दा, व्यबहार गर्दा होस पुर् याउनुपर्छ । यी सबै मामिलामा संसारका धेरै मुलुक शर्तक देखिन थालेका छन । सर्बोच्च अदालतले पनि त्यतातिर नजर पुर्याइरहेको होला भन्ने ठानेको छु भने । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017