शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

एमालेसहित नौ दलको शक्ति प्रदर्शन ब्यवस्थित गर्न प्रहरीको यस्तो छ योजना

कर्पोरेट नेपाल २०७३ पौष २२ गते 1.62K

काठमाडौं: एमालेसहितका विपक्षी नौ दलले शुक्रवार गर्न लागेको शक्ति प्रदर्शनका कारण उपत्यकाको ट्राफिक ब्यवस्थापनमा अहिले बिस्तारै प्रभाव देखिन थालेको छ।

संविधान संसोधन विद्येयकको विरोधमा विपक्षी दलले राजधानीका झन्डै ४० स्थानबाट जुलुस निकाल्दै छन्, जसका कारण मुख्य रुपमा काठमाडौंको यातायात आगमनका समस्या हुने छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ट्राफिक ब्यवस्थापन र सुरक्षाका लागि चार हजार भन्दा बढी प्रहरी परिचालन गर्ने जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शरद चन्दका अनुसार नर्मल ड्युटीभन्दा एक हजार प्रहरी थप गरेका छौं ।

नेकपा एमालेको नेतृत्वमा हुन लागेको शक्ति प्रदर्शनमा डेढ लाख मान्छे जम्मा हुने दावी गरिएको छ जुलुश दिउसो दुई बजे प्रदर्शनी मार्गमा हुने छ ।

भृकुटीमण्डप देखी पद्मोदय मोडसम्मको सडकमा दिउँसो १ बजेबाट सवारी आवागमन ठप्प हुनेछ ।

महानगरीय ट्राफिक महाशाखाले जुलुसका कारण हुने ट्राफिक जाम ब्यवस्थापनका लागी १२ सय ट्राफिक प्रहरी परिचालित हुने जनाएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) लोकेन्द्र मल्लका अनुसार उपत्यकामा करिब १२ सय ट्राफिक प्रहरी छन् र उपलब्ध सवै कर्मचारी परिचालन हुनेछन् ।

काठमाडौंको विभिन्न स्थानबाट निस्कने जुलुसको स्कर्टिङका लागि मात्रै एक हजार प्रहरी खटिने भएका छन् । जसको एरियाबाट जुलुस निस्कन्छ, सम्वन्धित वृतका डिएसपीले त्यसको स्कर्ट गर्नेछन्, एसएसपी चन्दले बताए ।  


विपक्षी नौ दलको एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ ।

एमालेले रत्नपार्क, नेमकिपाले सुन्धारा, नेकपा मालेले मैतीदेवी, राजमोले अद्धैतमार्ग, परिवार दलले नागपोखरी, बहुजनशक्ति पार्टीले माइतीघर मण्डला तथा मधेस समता पार्टी, दलित जनजाति पार्टी, नेपाः पार्टीले रत्नपार्कबाट जुलुस निकाल्नेछन् ।

एमालेले अन्य ३२ स्थानबाट पनि र्याली निकाल्ने छ, जहाँ पनि ट्राफिक व्यवस्था अस्तव्यस्त हुन सक्छ ।
जुलुसलाई व्यवस्थित गर्न पाँच सयजना स्वयंसेवक परिचालन गरिएको एमालेले जनाएको छ । सभालाई नौ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्नेछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017