आईतवार, माघ ९, २०७३ साल
logo
  • bajaj

यथास्थितिमा राप्रपाले संविधान संशोधन विद्येयकलाई समर्थन गर्दैन- अध्यक्ष थापा

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २२ गते 3.15K

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शुक्रबार सरकारले अघि बढाएको संविधान संशोधन विद्येयकलाई आफ्नो पार्टीले समर्थन नगर्ने दावी गरेका छन् ।

आज बिहान रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष थापाले यथास्थितिमा आफ्नो पार्टीले संशोधन विद्येयकलाई समर्थन नगर्ने बताएका हुन् ।

‘दलहरुवीच समझदारी नबनाईकन यो विद्येयकलाई अघि बढाउनुहुँदैन्, यथास्थितिमा हाम्रो पार्टीले यो विद्येयकको समर्थन गर्न सक्दैन, यो विद्येयक ल्याउँदा हामी सत्तापक्ष भएपनि हामीसँग कुनै छलफल नै गरिएको छैन, अध्यक्ष थापाले भने ।

उनले विद्येयक तयार पार्दा आफ्नो पार्टीसँग छलफल नभएपनि अहिले विद्येयक ल्याएको एक महिना वितिसक्दापनि एक पटक आफ्नो पार्टीसँग छलफल नगरिएको उनले जिकिर गरे ।

थापाले भने, ‘यो विद्येयकमा हामीलाई नैतिक बन्धन छैन, तर हामी सकारात्मक रुपमा सहयोग गछौं’।

विद्येयकको विपक्षमा ५ नम्बर प्रदेशका जनताहरु आन्दोलित भएको, एमाले लगायतका विपक्षी दलले संसद अवरुद्ध गरेको, विद्येयकका केही दफाहरु राष्ट्रिय हित अनुकुल नरहेको हुँदा हाललाई यथास्थितिमा राखेर नयाँ शिराबाट समझदारी कायम गरेर मात्र अघि बढ्न सरकारलाई सुझाव दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाइको प्रतिक्रिया
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017