आईतवार, माघ ९, २०७३ साल
KTM: Mostly Cloudy
logo
  • bajaj

बिमा र बाणिज्य बैंकहरु लगानीकर्ताको आकर्षण, नेप्से १८ अंकले उक्लियो

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २६ गते 641

काठमाडौंः सेयर बजार परिसुचक नेप्से मंगलबार १८ अंकले उक्लिएको छ । कारोबार बढन नसके पनि नेप्सेमा भने आज पनि सुधार कायमै रहेको छ । सोमबार साढे ११ अंकले सुधार आएको नेप्सेको सुधार आज पनि कायमै रहेर एक हजार ४७७ अंकमा आइपुगेको हो । 

कारोबार रकममा भने अझै सुधार आउन सकेको छैन । सोमबार २६ करोड रुपियाँको मात्रै कारोबार भएकोमा आज बढेर ३७ करोड भए पनि यो रकम सन्तोषजनक नरहेको सरोकारवालाको भनाई छ । जसमा एनबी इन्स्योरेन्स कम्पनी आज पनि सबैभन्दा धेरै कारोबार गर्नेमा रहेको छ । यस कम्पनीको सेयर चार करोड ७३ लाख रुपियाँको कारोबार भएको छ । त्यसपछि धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । 

बिमा र बाणिज्य बैंकहरुको कारोबारमा सुधार कायमै रहँदा नेप्से थप उचालिएको हो । सोमबार घटेको विकास बैंक र वित्त समूहको उपसुचकहरु पनि आज सुधारतर्फ लागेका छन् भने जलविद्युत र वित्त समूहको उपसुचक एक प्रतिशतभन्दा बढिले उक्लिएको छ । बिमा समूह झण्डै दुई प्रतिशतले माथि गएको छ भने बाणिज्य बैंकको उपसुचक एक दशमलव ३६ प्रतिशतले बढेको छ । 

आज धेरै नाफा गर्नेमा एनबि इन्स्योरेन्सका लगानीकर्ता छन् भने दोस्रोमा कर्णाली विकास बैंकका लगानीकर्ता छन् भने धेरै घाटा खानेमा महालक्ष्मी विकास बैंक, पूर्णिमा विकास बैंक अगाडि छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाइको प्रतिक्रिया
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017