शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

अर्थमन्त्री भन्छन्– अबैध सुन मेरो होइन

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २६ गते 33.03K

काठमाडौंः अर्थमन्त्री कृष्णबहादुर महराले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा र जाँच पार गरेर बाहिर आएपछि पक्राउ परेको ठूलो परिणामको अबैध सुन आफ्नो नभएको बताएका छन् । 

उक्त सुन मन्त्री महराको भएको भनी सञ्चार माध्यममा आएपछि उनको सचिवालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी त्यसको खण्डन गरेका हुन । महराले विज्ञप्तिमा उक्त समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आफ्नो बचाउ गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका सम्बन्धमा स्वयं माननीय उपप्रधानमन्त्रीज्यूबाट, मन्त्रालयका सचिव तथा सम्बन्धित निकायलाई बोलाएर घटनाको बारेमा गम्भीर चासो लिई सुक्ष्म ढंगले छानबिन गरी दोषीलाइ कारबाही गर्न निर्देशन दिइसक्नुभएको अवस्थामा माननीय मन्त्रीज्यूको नाम मुछेर समाचार प्रकाशन भएकोमा यस मन्त्रालय खेद प्रकट गर्दछ ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017