आईतवार, माघ ९, २०७३ साल
KTM: Mostly Cloudy
logo
  • bajaj

विप्लप माओवादीले 'प्रचण्ड' लाई जनअदालतमा उभ्याउने !

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २६ गते 2.37K

जाजरकोटः नेत्रविक्रम चन्द्र विप्लप नेतृत्वको नेकपा माओवादीका एक नेता  हेमन्तप्रकाश ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनअदालतमा उभ्याउने चेतावनी दिएका छन् । 

नेकपा माओवादी जाजरकोटको चौथो जिल्ला सम्मेलनको उद्‍घाटनमा उनले प्रचण्ड हिटलरशैलीमा प्रस्तुत भएको भन्दै उनको क्रियाकलाप नियन्त्रण गर्न जनअदालतमा उभ्याउनु पर्ने बेला आएको बताए । सत्ताधारी दलहरुले जनताका अधिकार र राष्ट्रियतालाई संकटमा पारेको भन्दै ओलीले पूरानो सत्ताको राजा बन्ने ठाउँमा पुगेका प्रचण्डलाई जनअदालतमा ल्याएर कारवाही गरेरै छाड्ने बताए । 

अबको क्रान्ति प्रचण्डविरुद्ध हुने भन्दै ओलीले जनक्रान्ति हतियारको मात्र नभई राष्ट्रप्रेमी सबै मिलेर गर्ने क्रान्ति भएको बताए । उनले बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नभई पूरानो शक्तिको संज्ञा दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाइको प्रतिक्रिया
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017