शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

एनआइसी एसियाले मुलुकभरको रक्तदानको आर्थिक व्ययभार व्यहोर्ने

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २६ गते 965

काठमाडौंः एनआइसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच देशव्यापी रुपमा रक्तदान अभियान सञ्चालन गर्ने बारे मंगलबार सम्झौता भएको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रुपमा रक्तदान शिविर सञ्चालन गर्ने अभियानको आर्थिक व्ययभार व्यहोर्न सहमत भएको छ भने सोसाइटीले देश भरी रहेका आफ्ना शाखा प्रशाखाको प्राविधिक सहयोगमा रक्त संकलन, भण्डारण र वितरण गर्नेछ । 

यस सहकार्यको प्राथमिक लक्ष्यमा देशभर सयभन्दा बढी रक्तदान कार्यक्रम संचालन गर्ने योजना छ । रक्तदानबारे जनचेतना जगाउनु र “रक्तदान जीवनदान” हो भन्ने जागरण साथ धेरैभन्दा धेरै संभावित दाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी गराएर कुनै पनि नागरिकको रगतको अभावले अकालमा मृत्यु हुन नदिन रगतको अभावलाई अन्त्य गर्नु यस्को दोस्रो लक्ष्य रहेको बैंकले जनाएको छ । 

रक्तदान जनस्वाथ्यसँग सरोकार रहेको विषय आधारभूत विषय भएर पनि अझ व्यवस्थित र स्तरीय गर्नु पर्ने महशुस भएकोले रक्तदान शिविरहरुलाई अझ व्यवस्थित, स्तरीय र संस्थागत गर्ने अर्को लक्ष्यसमेत सम्झौतामा समेटिएको छ । 

सम्झौतापत्रमा एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले हस्ताक्षर गरेका थिए । बैंकले यस वर्ष सात हजारभन्दा बढी वृक्षारोपण गर्ने अभियान सञ्चालन गरिरहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017