आईतवार, माघ ९, २०७३ साल
logo
  • bajaj

'काँग्रेसले अघि सारेका आर्थिक नीतिमा कम्युनिस्टहरु पछि लागेर आए'

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २७ गते 751
फाइल फोटो

धनगढीः नेपाली काँग्रेसका नेता रामशरण महतले काँग्रेसले अगुवाइ गरेको राजनीतिक पद्दतिमा कम्युनिस्ट आएकाले पार्टीका नेता तथा कार्यकर्ताले गौरव गर्नुपर्ने तर्क अघि सारेका छन् ।

मंगलबार आयोजित काँग्रेस कार्यकर्ता भेलामा उनले काँग्रेसले अगुवाइ गरेको बहुलवाद सिद्धान्तको पद्दति र आर्थिक नीति तथा कार्यक्रममा कम्युनिस्ट र दक्षिणपन्थी दल आएको दावी गरे । पटक पटक अर्थमन्त्रीसमेत भइसकेको महतले भने, “२०४८ देखि काँग्रेसले अघि सारेका आर्थिक सुधारका कार्यक्रमकै कारण लामो द्वन्द्व र पटक पटकको राजनीतिक अस्थिरताका बाबजुद देशको अर्थ व्यवस्था टिकेर बसेको छ ।” 

राज्य नियन्त्रित आर्थिक पद्दतिले देशको आर्थिक विकास हुन नसक्ने बताउँदै खुल्ला बजार अर्थनीतिमा जोड दिए । महतले पाँच नम्बर प्रदेशका जनाताको अभिमतअनुसार सो क्षेत्रको प्रदेश सीमाङ्कन गर्नुपर्ने बताए ।  

काँग्रेसका नेता एवम् वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले स्थानीय चुनावलाई ध्यान दिएर सङ्गठनमा लाग्नुपर्ने बताए । नेता रामकृष्ण यादवले एमाले र मधेसी मोर्चाको अतिवादमा अहिले देश फसेको भन्दै यसलाई निकास दिन काँग्रेस सक्षम रहेको बताए ।  सांसदद्वय पुष्करनाथ ओझा र चन्द्रा जोशीलगायतले संविधान कार्यान्वयनमा दलहरु गम्भीर हुनुपर्ने बताए । रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाइको प्रतिक्रिया
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017