शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

२९५ अौं पृथ्वी जयन्ती आज, सरकारले बिदा भने दिएन

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २७ गते 635

काठमाडौं : आज पुष २७ अर्थात २९५ औं पृथ्वी जयन्ती। देशैभर आज विविध कार्यक्रम गरी मनाइँंदै छ । तत्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा योगदान पुर्‍याएका कारण उनी एक आधुनिक नेपाल निर्माणको सुत्राधारको रुपमा छिनिन्छ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाइन्छ । आजै राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य संघ संस्थाले पनि जनस्तरबाट पृथ्वी जयन्ती मनाउन थालेका छन् । जनस्तर र सोयम राप्रपाले पनि यस अवसरमा सार्वजनिक विदा दिइनुपर्ने माग गरेका थिए तर सरकारले भने आज बिदा दिएन ।

पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजा भएका थिए । र ५३ वर्षको उमेरमा नै उनको निधन भयो । करिब तीन दशकभन्दा लामो समयसम्म निरन्तर युद्धरत शाहले आफू राजा भएदेखि नै नेपाल एकीकरण अभियानको आरम्भ गरेका थिए ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले विक्रम सम्वत् १८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेर नेपाल एकीकरणको अभियान सुरु गरेका थिए । त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुरहुँदै उनले एकीकरण अभियानलाई अघि बढाएका थिए । शाहले पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017