शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

ओबामाले आफ्नो बिदाइ मन्तब्यमा आसुँ झार्दै भने प्रजातन्त्रमाथि चुनौती खडा भयो (भिडियोसहित)

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २७ गते 1.7K

एजेन्सी (सिकागो): सन् २००८ बाट अमेरिकी राष्ट्रपतिको पद सम्हालेका बाराक ओबामाले बुधबार आफ्नो पदको अन्तिम बिदाई मन्त्वय दिएका छन् ।

सिकागोमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ५५ वर्षीय ओबामा निकै भाबुक देखिएका थिए मन्तब्यकै क्रममा आफ्नो  पत्नी मिसेललाई धन्यवाद दिँदा उनले आँशु समेत खसालेका थिए।

‘मिसेल लभन रबिन्सन, दक्षिणतिरकी केटी, पछिल्ला २५ वर्षदेखि, तिमी मेरो पत्नीमात्र होइन, मेरो छोरीहरुको आमामात्र होइन, मेरो सबैभन्दा असल मित्र रहँदै आएकी छौँ’ ओबामाले भने, ‘तिमीले मसँग नमागेको जिम्मेवारी सम्हाल्नुपर्यो, तर त्यसलाई तिमीले कुशलतापूर्वक पूरा गर्यौँ ।’

यति भनिरहँदा ओबामाको आँखा आँशुले भरिएको थियो । उनले गोजीबाट रुमाल निकालेर आँशु पुछे । सँगै उनकी जेठी छोरी पनि रोएको देखिएको थियो ।

राष्ट्रपति ओबामाले आफ्नो मन्त्वयको क्रममा प्रजातन्त्रमाथि चुनौती खडा भएको विषयमा बढी ध्यान केन्द्रीत गरेका थिए । यद्यपि, अहिलेको व्यवस्थाको आधारभूत कुरामा आफूलाई अझै विश्वास रहेको बताउँदै उनले आफ्ना समर्थकहरुलाई पनि परिवर्तन र अग्रगमन अझै सम्भव रहेकोमा विश्वास गर्न आग्रह गरेका थिए ।

उनले उपराष्ट्रपति जो विडेनलाई पनि ‘आफ्नो भाई’ भन्दै धन्वाद दिएका थिए ।

मिसेल ओबामाकोे तारिफ गर्दै बाराकले भने, ‘तिमीले ह्वाइट हाउसलाई सबैको बनायौँ । तिमीले मलाई र यो देशलाई निकै गर्वान्वित बनाएका छौँ ।’

यही २० जनवरीमा ओबामालाई डोनाल्ड ट्रम्पले विस्थापित गर्ने छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017