शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

प्रस्तोता समाजले गर्यो एनसेललाई सम्मान

कर्पोरेट नेपाल २०७३ पौष २७ गते 235

काठमाडौंः गायक गायिकाहरुको साझा संस्था प्रस्तोता समाज नेपालले एनसेललाई सम्मान गरेको छ । आरबिटी (रिङ्ग ब्याक टोन) सेवा अन्तर्गतको संगीत रोयल्टी उपलब्ध गराउन सुरुवात गरेवापत समाजले एनसेललाई सम्मान गरेको हो । 

देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनीको रुपमा रहेको एनसेललाई ‘दोस्रो रोयल्टी वितरण तथा सम्मान समारोह’मा मंगलबार समाजका अध्यक्ष हेमन्त शर्माले कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा समाजले एनसेलबाट प्राप्त चार महिना (जुलाईदेखि अक्टोबर २०१६)को रोयल्टी ३० जना गायक गायिकाहरुलाई प्रदान गरेको छ । 

रोयल्टी स्वरुप प्राप्त गरेको रकमका आधारमा गायिका अन्जु पन्तले उक्त चार महिनामा सबैभन्दा बढि एक लाख ४४ हजार रोयल्टी प्राप्त गरेकी छिन् । गायक प्रमोद खरेलले गायक विष्णु माझिले ५६ हजार रोयल्टी पाएका छन् ।

समारोहमा वरिष्ठ गायक गायिका, स्रष्टा, वाद्यवाद्यकहरुलाई पनि सम्मान गरिएको थियो । समाजले वरिष्ठ गायक प्रेमध्वज प्रधान, भजन शिरोमणी भक्तराज आचार्य, वरिष्ठ गायक दीप श्रेष्ठ, वरिष्ठ गायक पूर्ण नेपाली, वरिष्ठ गायिका तिर्थकुमारी थापा, वरिष्ठ वाद्यवादक सुशीला अमात्यलगायत १० जनालाई जनही १० हजार रुपियाँसहित सम्मान गरिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017