शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

बिदाहरु पुनरावलोकन गर्ने सरकारको निर्णय, बिदाहरुलाई राष्ट्रिय वा आञ्चलिकरुप दिइने

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २७ गते 1.48K

काठमाडौँ :  सरकारले सार्वजनिक बिदाहरु पुनराबलोकन गर्न र एक महिनाभित्रा प्रतिबेदन पेश गर्न गृह मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले यस बारे निर्णय गरेको सुचना तथा संचारमन्त्री सुरेन्द्र कुमार कर्कीले जानकारी दिए ।  

बैठकले राष्ट्रिय पर्व र चाड बिदाका सम्बन्धमा पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा बिदा माग भएको सन्दर्भमा सरकारले समग्र बिदालाई पुनरावलोन गर्ने भएको हो ।पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय वा कुन बिदा आञ्चलिकरुपमा दिने भन्ने पनि निक्र्यौल हुनेछ ।

मन्त्री केसीको असन्तुष्टि

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूले पृथ्वी जयन्ती र एकता दिवसमा बिदा दिन तीन पटकसम्म बैठकमा आग्रह गर्दा पनि निर्णय हुन नसकेको प्रतिक्रिया दिए । उहाँले विश्वका धेरै मुलुकमा जस्तोसुकै तानाशाह भएको भए पनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने त्यसलाई सम्मान दिइने प्रचलन रहेको चर्चा गरे  ।

निजामती ऐन संशोधनमा लोक सेवाको परामर्श

बैठकले भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माणका कामलाई गति दिन अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले निजामती कर्मचारीको उमेर बढाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय भएको जानकारी दिए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017