आईतवार, माघ ९, २०७३ साल
KTM: Mostly Cloudy
logo
  • bajaj

नेप्से सामान्य अंकले ओरालो

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २७ गते 652

काठमाडौं : दुई दिन लगातार बढेको नेप्से पेरिसुचक बुधबार भने सामान्य अंकले ओरालो लागेको छ ।

बुधबार सेयर बजार शून्य दशमलव ३९ अंकले ओरालो लागेर १४७६.५१ अंकमा पुगेको छ । यो दिन बैंङ, होटेल, वित्त र अन्य समूहको परिसूचक बढ्दा नेप्से भने उकालो लाग्न सकेन ।

बैंकिङ समूहको परिसूचक २.३४, होटेल, ७.०७, वित्त समूहको ११.८ र अन्य समूहको परिसूचक २.३२ अंकले उकालो लागेका छन् ।  यो दिन सबै भन्दा बढी बिमा समूहको परिसूचक ५०.२३ अंकले ओरालो लागेको छ भने जलविद्यूत समूहको परिसूचक १२.२५ र विकास बैंक समूहको परिसूचक ९.०७ अंकले उकालो लागेका छन् ।

यो दिन  १२० कम्पनीको चार लाख ५६ हजार कित्ता सेयर ३६ करोड २५ लाख ५५ हजार रुपियाँमा किनबेच भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाइको प्रतिक्रिया
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017