आईतवार, माघ ९, २०७३ साल
KTM: Mostly Cloudy
logo
  • bajaj

भारततर्फ तेजपात निर्यात गरेरै सात करोड बढीको आम्दानी

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २७ गते 587

पाल्पा । जिल्लाबाट तेजपातको पात र बोक्रासहित ११ लाख ८१ हजार ८३५ किलो भारत निर्यात भएको छ ।

आव २०७२÷७३ मा ९ लाख ९३ हजार ७११ किलो तेजपातको पात र एक लाख ८८ हजार १२४ किलो बोक्रा भारत निर्यात भएको जिल्ला वन कार्यालयका शाखा अधिकृत रमा श्रेष्ठले जानकारी दिए । यहाँका सामुदायिक वन र निजी वनमा व्यावसायिक रुपमा तेजापात लगाउन थालेपछि उत्पादन बढ्दै गएको छ ।

गत आवमा जिल्लाबाट रु पाँच करोड ४६ लाख ५४ हजार बराबरको तेजपातको पात र रु एक करोड ८८ लाख १२ हजार बराबरको बोक्रा भारत निर्यात भएको थियो । कोलडाँडा, दोभान, झडेवा, गोठादी, सत्यवती, बल्ढेगढी, भुवनपोखरीलगायत गाविसका सामुदायिक र निजी वनमा व्यावसायिक रुपमा तेजपातको खेती गरिँदै आएको छ ।

तेजपातको पात प्रतिकिलो रु ५० देखि रु ५५ सम्म तथा बोक्रा प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा स्थानीय बजारमा खरिद बिक्री हुँदै आएको छ । बारीका कान्ला र बाँझो खेतबारी तथा खरायनमा तेजपातको खेती गरिँदै आएको छ ।

एक पटक रोपेपछि पटक÷पटक पात र बोक्राबाट आम्दानी गर्न सकिने भएपछि अधिकांश गाविसमा किसान तेजपातखेतीतर्फ आकर्षित हुन थालेका छन् । रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाइको प्रतिक्रिया
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017