शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

चन्द्रागिरिमा पृथ्वीनारायणको मुर्तिचित्र

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २७ गते 196

काठमाडौंः पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको माथिल्लो स्टेशनमा पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ । चन्द्रागिरि हिल्सद्वारा निर्मित मूर्तिचित्र नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अनावरण गरे । 

एक देशभक्त नागरिकका हैसियतले सेनापतिबाट मुर्तिचित्रको अनाबरण गरिएको कम्पनीको तर्क छ । चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धित रहेकाले उनको सम्झनामा मूर्तिचित्र निर्माण गरिएको जनाइएको छ । 

पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट उपत्यकका तिनै सहरको दृश्यावलोकन गरी एकीकरणको योजना बनाएको उनका दिव्योपदेशमा उल्लेख गरिएको छ । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले विगत सात वर्षदेखिको अथक मेहनत र निरन्तरको परिश्रमपछि परियोजना सम्पन्न भएको भन्दै पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको यस चन्द्रागिरि पर्वतको विशेष महत्व रहेको बताए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017