शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

सहकारीलाई फष्टाउन बाधा पर्नेगरी सहकारी ऐन आउँदैनः थामी

कर्पोरेट नेपाल २०७३ पौष २७ गते 748

काठमाडौंः सहकारी तथा गरिवी निवारणमन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको संरक्षण र विकास गर्नेगरी सहकारी ऐनको संशोधन गरिने बताएका छन् । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको बुधबार आयोजित कार्यक्रममा उनले सहकारी क्षेत्रलाई सरकारले उच्च मूल्याङ्कन गरेको बताए । 

सहकारी ऐनको मस्यौदा अहिले अर्थसमितिमा छलफलमा रहेको छ । सहकारीलाई फस्टाउन बाढा पर्नेगरी ऐन नल्याउने बताउँदै थामीले भने – सरकारले सहकारीलाई व्यवस्थित गर्ने योजना अघि बढाइरहेको अवस्थामा तपाइहरुको सहयोग आवश्यक छ । 

कार्यक्रममा सघका अध्यक्ष सुरेन्द्र भण्डारीले गएको आर्थिक बर्षमा भएको उपलब्धी, भावी योजनाबारे जानकारी दिएका थिए । उनले    अर्थतन्त्रको आवश्यकताभन्दा बढी बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरु सञ्चालन हुनु र अस्वस्थ प्रतिस्पर्धाको कारणबाट भविष्यमा वित्तिय बजारमा समस्या आउन सक्ने बताए । 

भण्डारीले सहकारी तथा गरिवी निवारण मन्त्रालयदेखि सहकारी विभाग तथा डिभिजन सहकारी कार्यालयहरुले सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेकोले सहकारी क्षेत्रले भावी दिनमा थप समस्या भोग्नुपर्ने हुनसक्छ भन्दै यस्ता कुरामा सहकारी सञ्चालदेखि सम्पूर्ण सहकारी सदस्यहरु सचेत हुनुपर्ने बताए । 

सहकारी संघ÷संस्थाहरुको प्रवद्र्धन तथा विकासको लागि कृषि, पशुपालन तथा औद्योगिक उत्पादनमा लगानी गरी अगाडी बढ्नुपर्ने भए पनि यस क्षेत्रमा लगानी गर्नको लागि कानुनी समस्याहरु रहेको भन्दै उनले समयानुकुल कानुन नबनेमा गरिएका लगानीहरु पनि संकटमा पर्ने बताए । सहकारी अभियानले दिएको सुझावलाई समावेश नगरी सहकारी विद्येयक पारित भएमा सहकारी क्षेत्रको विकास तथा बिस्तारमा समस्या भण्डारीको भनाई छ । 

सहकारीका अगुवाहरुले संविधान २०७२ को भावना विपरित सहकारी क्षेत्रलाई संकुचन गर्ने अभिप्रायले राष्ट्रिय सहकारी संघ, अन्य संघहरु, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले दिएका सुझावहरुलाई समेत वेवास्ता गरी सहकारी अभियानसँग कुनै परामर्श नै नगरी विद्येयक तयार गरिएको भन्दै त्यसलाई सहकारीमैत्री बनाई अगाडि बढाउनुपर्ने बताएका थिए । 

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडाल, एमालेका सांसद पशुपति चौलागाइ, पुर्व मन्त्री एवं एमाले नेता राजेन्द्र पाण्डे, राष्ट्रिय सहकारी संघका संचालक एवं नेपाली काँग्रेसकी सांसद ओमदेवी मल्ल, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, सहकारी विकास बैकका प्रमुख कार्यकारी अधिकृत केबी उप्रेती लगायतले संघले गरेको बोलेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017