अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि, विदेशीसहित एक हजारले खेल्ने

Advertisement

काठमाडौंः नेपाल सोतोकान कराते सङ्घ (एनएसकेए)को आयोजनामा दसौँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि हुने भएको छ । यसमा पुरुष र महिला गरी करिब एक हजार खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र मलेसियाको सहभागिता निश्चित भइसकेको आयोजक सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पाले जानकारी दिए ।

प्रतियोगितामा ४७ स्वर्ण, ४७ रजत र ९४ कांस्यपदकका लागि प्रतिस्पर्धा हुनेछ । विगतका सबै संस्करणमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको थियो । तीनदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।

Advertisement

Advertisement

Advertisement