चित्रबहादुरको प्रस्ताव- संघीयता काम नलाग्ने देखियो, खारेज गरौं

Advertisement

काठमाडौंः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा धेरै चुनौती देखिएकाले त्यसलाई खारेज गर्नुपर्ने माग अघि सारेका छन् ।

विगतदेखि नै संघीयता नेपालका लागि उपयुक्त नरहेको बताउँदै आएका उनले आइतवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको बताए ।

देशको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा अहिले मुलुकमा संघीयता कार्यान्वयन हुन सक्दैनु भन्दै उनले यसलाई खारेज गर्नु नै ठिक हुने बताए ।

प्रदेशमा ठूलो आर्थिक खर्च हुने भएकाले पूर्वाधार विकासमा अवरोध पुग्ने उनको तर्क छ । केसीले राजनीतिक दलले संघीयताका लागि संघर्ष गरेको इतिहास नै छैन कस्का लागि चाहिएको हो संघीयता ? भन्दै यसले जातीय र क्षेत्रीय बिग्रह तथा विखण्डनको स्थिति ल्याउने सक्नेतर्फ चनाखो हुने बेला भएको बताए ।

नेता केसीले राजनीतिक दलले स्थानीय तहमा दिएको अधिकार न्यून भएको भन्दै विकेन्द्रीकरणको आधारमा संविधान संशोधन गरी संघीयता खारेज गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरे ।

उनले देश र जनताको हितमा काम गर्न राजनीतिक दल र सरकारले अग्रसरता देखाउनुपर्छ भन्दै देशको हित र जनताको चाहना हेर्ने हो भने संघीयता खारे गरेर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement