एनएमबि बैंक र इसिमोडबीच सम्झौता

Advertisement

काठमाडौंः एनएमबि बैंक र इन्टरनेशनल सेन्टर अफ इन्ट्रिग्रेटेड माउन्टेन डेभलपमेन्ट(इसिमोड) बीच सम्झौता भएको छ ।
बुधबार इसिमोडको कार्यालय ललितपुरको धापाखेल कार्यालयमा भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इसिमोडका महानिर्देशक डा डेभिड मोल्डेलले हस्ताक्षर गरेका छन् ।

इसिमोडको अध्यायन गरेर पत्ता लागेका हिमाली क्षेत्रमा उच्चमुल्य भएका उत्पादनहरुमा एनएमबि बैंकले वित्तीय सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए ।

इसिमोडले हिमाली क्षेत्रमा वैकल्पिक उर्जा र त्यस क्षेत्रको कृषि लगायतका क्षेत्रमा काम गर्दै आएको छ । नेपालका हिमाली क्षेत्रमा रहेका उच्च मुल्य भएका र त्यस क्षेत्रमा बासिन्दाको जिवन स्तर उकास्नलाई त्यस क्षेत्रमा उत्पादन हुने उत्पादनलाई व्यवसायीकरण गर्नका लागि वित्तीय सहयोग लिनलाई बैंकसँग सम्झौता गरिएको इसिमोडका रणनीतिक कोपरेसन निर्देशक बसन्त श्रेष्ठले बताए ।

Advertisement

Advertisement

Advertisement