बेलायती राजकुमार ह्यारीका ससुरा छोरीको विहेमा नआउने

Advertisement

एजेन्सीः बेलायती राजकुमार ह्यारी र मेगन मार्कलबीच शनिवार हुने विवाह समारोहमा ह्यारीका ससुरा अर्थात मेगनका पिता उपस्थित नहुने भएका छन् ।

राजकुमार ह्यारीकी दुलही मेगनले एक विज्ञप्तीमार्फत आफ्ना पिता विवाह समारोहमा अनुपस्थित रहने बताएकी हुन् ।

मेगनले आफ्ना पिताको मुटुसम्बन्धी शल्यक्रीया गर्नुपर्ने भएकाले उपस्थित हुन नसक्ने जनाएकी हुन् ।

केही मेगनका पिताले सायबर क्याफेमा बसेर पापाराजीहरुसँग मिलेर छोरी मेगनको विहेको समाचार बाहिरियपछि विवादित बनेका थिए ।

उनको क्याफेमा बसेर छोरीको विहेसम्बन्धीको समाचार पढीरहेको फोटो सार्वजनिक भएको थियो ।

Advertisement

Advertisement

Advertisement