काठमाडौं । सुचना तथा सञ्चार प्रविधि (आइसीटी)को प्रत्यक्ष अनुसन्धान र परीक्षण गर्न सकिने प्रयोगशालासहितको पहिलो कलेज सञ्चालनमा आएको छ । सिस्टम बुल इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी कलेज बाफलमा रहेको छ । आधुनिक ल्याबसहितको यस कलेजमा अहिले विद्यार्थी भर्ना हुने क्रम जारी छ । कलेजका बारेमा यसका अध्यक्ष ज्ञानेन्द्रराज भट्टसँग गरिएको कुराकानीको सारः
सिस्टम बुल इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी कलेज कस्ले खालको कलेज हो ?
नेपालमा आइटी एजुकेशन नभएको पनि होइन । केही बर्षदेखि यस्ता थुप्रै कलेजहरु सञ्चालनमा आएको छ । अल्लि पहिला त आइटीको कलेज एउटा पनि थिएन । म पनि इण्डिया गएर पढेको हो । मास्टर गरेर आएको । अहिले आएर आइटी कलेज प्रशस्त हुन थाले । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन पढाउने संस्था पनि थुप्रै भए । तर, सबैभन्दा बढि बेरोजगार यस्तै विद्यार्थी देखिए । ब्याचलर इन इन्जिनियरिङ गरेको मानिसले प्रोडक्ट लेवलमा काम गर्न सकेको देखिएन । किनभने क्वालिटी भएन नेपालको एजुकेशनमा ।
यो तथ्यलाई मध्यनगर गरेर...एकाडेमिक डिग्री त चाहियो । ब्याचलर इन इन्जिनियरिङ गरेको वा व्याचलर इन आइटी गरेको वा व्याचलर इन कम्प्युटर एजुकेशन गरेको वा एएससीएस आइटी गरेको अथवा एमई नै गरेको विद्यार्थीलाई स्पेशलाइज गराउने उद्देश्यले एक बर्षको मास्टर डिप्लोमा इन आइसीटी इन्फ्रास्ट्रक्चर भनेर एउटा कोर्ष सिर्जना गरेका छौं । आइसीटी इन्फ्रास्ट्रक्चर कोर्ष अहिलेसम्म नेपालमा सुरु भएको छैन । आइटी सुरु भएको छ । आइटीको एडभान्स रुप भनेको आइसीटी हो । कम्युनिकेशन पनि हामीले जोड्यौं । त्यस कारण यो एउटा नयाँ विषय हो । यो सब्जेक्टबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका साथै आइटीमा ग्राजुयट गरेका, मास्टर गरेका स्टुडेन्टहरुलाई हामीले स्पेशलाइज गराएर स्थानीय र अन्तर्राष्ट्रिय जब मार्केटमा क्वालिफाइड गराउने उद्देश्यले यो कलेज सुरु गरेको हो ।
तपाईंहरुले सञ्चालन गर्ने कोर्ष के के छन् ? यसको विशेषता के छ ?
हामीले सीटीईभीटीको तीन बर्षे कोर्ष चलाएका छौं । त्यसमा पनि एक बर्ष कलेजमा पढ्ने । दुई बर्ष हामीले उनीहरुलाई ओजीटीमा पठाउनुपर्छ । पेडबेसिस ओजीटीमा हामी पठाउँछौं । तीन बर्ष पुगेपछि सीटीईभीटीले फाइनल इक्जाम लिन्छ । यो भनेको डिप्लोमा इन्जिनियरिङ वा सो सरहको प्रोग्राम हो । अर्को भनेको बीई गरेकाहरुलाई मास्टर डिप्लोमाको प्रोग्राम चलाएका छौं । यसमा दुईवटा अप्शन छ । एउटा एक बर्षको मास्टर डिप्लोमाको स्पेशलाइज प्रोग्राम पर्छ । यसमा विद्यार्थीहरुले एकाडेमिक डिग्री नलिएर इन्टरनेशनल सर्टिफिकेशन लिन्छौं भन्यो भने हाम्रो रेडार सर्टिफाइड इन्जिनियरिङ, सिस्को सर्टिफिकेशन, सोको सर्टिफाइड इन्जिनियरिङ, क्लाउड कम्पिटिङ, ओराकल सर्टिफिकेशन गरेर पनि जान सक्छ । यता एकाडेमिक ब्याचलर भयो । उता स्पेशलाइजमा इन्टरनेशनल सर्टिफाइड इन्जिनियरिङ । किनभने नेपालमा पनि सुरु भइसक्यो । विदेशमा त ब्याचलर इन्जिनियरिङ विथ सर्टिफिकेशन भनेर माग्ने गर्छ । नेपालका सरकारी अफिस, एनजीओ, आइएनजीओ, वित्तीय संस्थाहरुले पनि वीई विथ इन्टरनेशनल सर्टिफिकेशन भनेर माग्न थालेको छ । इन्टरनेशनल सर्टिफिकेशन नगरेका मानिस काम गर्न सक्दैनन् । यो भनेको स्पेशलाइज, भेन्डरले दिने सर्टिफिकेट हो । जस्तो आरएसी भनेर दिन्छ रेडारले । त्यस्तै, सीसीएनए, सीसीएनबी, सीसीआइबी । नेपाल बाहिर त इन्टरनेशनल सर्टिफिकेशन छैन भने काममा इन्ट्री न गर्न पाइदैन । उसको बीई कामै लाग्दैन । जस्तो माइक्रोफ्टले पनि दिन्छ । सोफोसले दिन्छ । जेनिफरले दिन्छ । त्यो खालको स्पेशलाइज गराउने एउटा हाम्रो प्रोग्राम छ । अर्को कतिपय विद्यार्थीहरुले एक बर्षको मास्टर डिप्लोमालाई एकाडेमिक हिसावले हामी पढ्छौं भन्यो भने इण्डियाको एआइसीटीको प्रोग्राम छ । त्यसको लागि मदनमोहन माल्भिया युनिभर्सिटीका प्रोफेसरहरुले आएर हेरेर गइसक्नुभयो । हामीले रेजिष्ट्रेशन गोरखपुरको उक्त विश्वविद्यालयमा गछौं । यो कलेज चाहीं स्टडी सेन्टर हुन्छ । एक बर्षको पिनी त्यसरी पनि गर्न सकिन्छ । अर्को हामीले एफिलिएशन प्रोग्रामका लागि पनि मदनमोहन माल्भियासँग कुरा भइरहेको छ ।
तपाईंहरु नयाँ हुनुहुन्छ । कलेज चलाउन सबै पूर्वाधारहरु तयार गर्नुपर्छ । त्यसका लागि मापदण्ड पूरा गर्नुभएको छ ?
मापदण्ड लगभग हामीले पूरा गरिसकेका छौं । हामीले आइसीटी रिसर्च ल्याब भनेर नेपालमा पहिलो पटक ल्याब स्थापना गरेका छौं । हामी च्यालेन्ज गर्न सक्छौं कि हाम्रो ल्याबको कन्सेप्ट जुन कन्सेप्ट छ, हामीले काठमाडौं त्यही ल्याबमा बनाएका छौं, भैरहवा बनाएका छौं, पोखरा बनाएका छौं, विराटनगर त्यहीं बनाएका छौं । क्लाउड कम्पिटिङका लागि हेटौंडा यही बनाएका छौं । किनकी विद्यार्थीलाई प्राक्टिकल गर्न सजिलो होस भनेर त्यो खालको ल्याब बनाएका छौं । यो भनेको रियल प्राक्टिकल हो । हामी वित्तीय संस्थाको प्रोजेक्ट पनि गराउँछौं । आइएसपीको पनि गराउँछौं । एनजीओ आइएनजीओको पनि गराउँछौं । उद्योगको पनि प्रोजेक्ट गराउँछौं । धेरै खालको प्रोजेक्ट हामी गराउँछौं । अरु तालिम केन्द्रमा गर्ने प्रोजेक्ट भनेको भर्चुअलाइजेनको हिसावले हुन्छ । हाम्रो यो भर्चुअल होइन । फिजिकल्ली रियल हो । यो भनेको नेपालको पहिलो रिसर्च सेन्टरको ल्याब हो । यो ल्याबमा आएर विद्यार्थीले एक बर्ष प्राक्टिस गर्यो भने पक्कै पनि उ सफल हुन्छ ।
फिको हिसावले कत्तिको महंगो छ तपाईंहरुको कोर्ष ?
डिप्लोमा लेवलको जुन कोर्ष छ, त्यसमा विद्यार्थीहरुले फि तिर्ने भएको एक बर्षको मात्रै हो । एक बर्षको फि भनेको ७५ हजार मात्रै हो । त्यसमा पनि हामीले छुट दिइरहेका छौं । कोर्ष सकिएपछि पिएससी ओजिडी गराउछौं । विभिन्न कम्पनीमा गएर उनीहरुले काम गर्दा ती कम्पनीले उनीहरुलाई पे गरेरै लाने हो । र मास्टर डिप्लोमाको कोर्स भनेको के भने यसमा सिस्को छ । रेडार छ । फायरवाल छ । क्लाउड कम्पिटिङ छ । ओराकल छ । इथिकल ह्याकिङ छ । एउटै कोर्ष पनि एक लाख पर्ने छ । तर पनि हामीले विद्यार्थीहरुलाई सहज र सुलव ढंगले शिक्षा दिई उनीहरुलाई स्पेशलाइज गराउँ भनेर एक लाख २६ हजार मात्रै फि राखेका छौं । यो एक बर्षमा स्पेशलाइज कोर्षहरु मात्रै छ । यसको लागि पढाउन पनि फ्याकल्टी स्पेशलाइज चाहिन्छ । त्यसको खर्च पनि उच्च हुन्छ । ल्याबको खर्च भन्नुहुन्छ भने निकै महंगो छ । ल्याबमा सबै उपकरणहरु चाहिन्छ । हाइन्डको डिभाइसहरु चाहिन्छ । एउटै कोर्षको एक लाख पर्ने ठाउँमा हामीले छ वटा विषयको एक लाख २६ हजार मात्रै भनेका छौं । पढाउनका लागि कलेजको टिमका हामी आफै पनि स्पेसलाइज छौं । अरु बाहिरबाट आउने हुन्छौं । आवश्यक पर्यो भने इण्डियाबाट पनि आउँछन् ।
कति विद्यार्थीहरु भर्ना भए अहिलेसम्म ?
अहिले ३९ जना पुगेको छ । थपिने क्रम जारी छ । हाम्रो विशेषताका बारेमा बजारमा पर्याप्त जानकारी भइसकेपछि भर्ना हुनेको संख्या निकै बढ्छ । आउँदो अक्टोबरसम्म तीनसय जना पुर्याउने लक्ष्य लिएको छौं । बिहान सय, दिउसो सय र बेलुकी सय गरेर । त्यो भन्दा बढि क्षमता हाम्रो छैन ।