प्रभु बैंक र नेपाल आँखा अस्पतालबीच आँखा शिविर सञ्चालन गर्न सम्झौता

Advertisement

काठमाडौं । प्रभु बैंक र नेपाल आँखा अस्पतालबीच आँखा शिविर सञ्चालन गर्न सम्झौता भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा अस्पतालसँग आँखा शिवर सञ्चालनका लागि सम्झौता भएको जनाएको छ ।

सम्झौता–पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले हस्ताक्षर गरे । सम्झौताअनुसार प्रभु बैंकको आर्थिक सहयोगमा अस्पतालले भौगोलिक विकटताले पर्याप्त स्वास्थ्य सेवा पुग्न नसकेको ठाँउका न्यून आयस्तरका विरामीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिने छ ।

Advertisement

Advertisement

Advertisement