बिमस्टेक सम्मेलन आजबाट, मोदीसहित सबै आइपुगे

Advertisement

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन बिहीबार अपराह्न एक विशेष समारोहका बीच आरम्भ हुँदैछ।

नेपालले पहिलो पटक गर्न लागेको बिमस्टेक सम्मेलनको उद्घाटन अध्यक्ष एवं आयोजक राष्ट्रको हैसियतमा प्रधानमन्त्री केपी ओलीले गर्दैछन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा बिहीबार बिहान आइपुगेका छन् भने भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना बुधबार र म्यान्मारका राष्ट्रपति विन मिन्त मंगलबार नै आइसकेका छन् ।

शिखर बैठकको प्रारम्भसँगै बिमस्टेक अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नेछन्। दुई दिने सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ । अबको सम्मेलनको अध्यक्षता श्रीलङ्काले गर्ने छ।

Advertisement

Advertisement

Advertisement