दिगम्बरलाई केपी ओलीले पनि रोक्न सकेनन्, फेरि प्राधिकरणको प्रमुख नियुक्त

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा फेरि नियुक्त भएका छन् । विहीबारको मन्त्रिपरिषद बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो ।

सरकारले अयोग्य ठहर गर्दै बर्खास्त गरेका व्यक्ति झा अदालतबाट आफूलाई पुर्नवहाली गराउन सफल भएका थिए । तर, लगत्तै प्रधानमन्त्रीको निर्देशनमा सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले अकुत सम्पत्ति मुद्दा चलाउने चेतावनी दिएपछि झाले राजीनामा दिएका थिए ।

राजीनामा दिएका झाले उत्तिनै खेर सोझै पुर्नबहाली हुन प्रयास गरे पनि चौतर्फी आलोचना हुन थालेपछि सूचना सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजक रहेको नाम मात्रैको सिफारिस समिति बनाइएको थियो । सर्वोच्च अदालतमा दर्ता गरेको रिट आश्चर्यजनकरुपमा फिर्ता लिएर तत्कालै नियुक्तिका लागि समिति बनाउन लगाउने काम झाले गरेका थिए ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ढिलो नगरी प्राधिकरणको अध्यक्षको लागि आवेदन खुल्ला गरेको थियो । समितिको छनोट प्रक्रियामा नेकपाका कट्टर कार्यकर्ता एवं पूर्वसचिव सुशील घिमिरेसमेत प्रतिस्पर्धामा थिए । उनलाई छोडेर अहिले फेरि झालाई नै प्राधिकरणको अध्यक्ष नियुक्ति गरिनेले झालाई रोक्नसक्ने क्षमता नेपालमा नेताहरुमा नरहेको सिद्ध भएको छ ।

विदेशी एजेन्सीहरुसँग समेत बलियो साँठगाँठ बनाउन सफल व्यक्तिका रुपमा चिनियाँका झाले पार्टीहरुलाई आवश्यक परेको बेला मोटो रकम सहयोग गर्नसक्ने हैसियतसमेत राख्छन् । झा र घिमिरेबाहेक पुरुषोत्तम खनाल पनि अध्यक्षका लागि सिफारिस भएका थिए ।

Advertisement

Advertisement

Advertisement