फुजेल काण्डका दोषीलाई उन्मुक्ति, जेलबाट छुट्दा फुलमाला र पञ्चेबाजाले भव्य स्वागत (फोटोहरु)

Advertisement

काठमाडौं । फुजेल काण्डका रुपमा परिचित गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डका दोषी छविलाल पौडेल जेलबाट छुटेका छन् । डिल्लीजबार कारागारबाट छुट्दा उनलाई फुलमाला र पञ्चेबाजाले भव्य स्वागत गरियो ।

जिल्ला अदालत, चितवनबाट सफाइ पाएका पौडेल कारागारबाट रिहा हुँदा ठूलै समूहले उनको स्वागत गरेको थियो । चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेका थिए भने फरार रहेकालाई दोषी ठहर्याएका थिए ।

फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीलार्इ गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । उनलाई जेल चलान गरिएपछि दोषीहरुलाई कारवाहीका लागि बर्षौंदेखि अनशन बस्दै आएकी गंगामायाले अनशन तोडेकी थिइन ।

त्यसको करिब २ महिनापछि पौडेलसहित १२ लाई सफाइ दिने काम भएको हो । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् । गंगामायाले अदालतको फैसलासँगै न्याय नभइको देश भनेर प्रतिक्रिया दिएकी थिइन ।

Advertisement

Advertisement

Advertisement