गृहमन्त्रीको आग्रहपछि काममा फर्किए केसी, वास्तविक अपराधिलाई कानुनी दायरामा ल्याइने

Advertisement

काठमाडौं । निर्मला पन्त हत्या घट्नामा गठित छानविन समितिका सदस्य वीरेन्द्र केसी काममा फर्किएका छन् । गृहमन्त्री रामबहादुर थापाको आग्रहपछि उनी बुधबारदेखि काममा फर्किन तयार भएका हुन ।

कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना पेचिलो बन्दै गएपछि सरकारले गृहमन्त्रालयका सहसचिव हरि मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको थियो । छानविनका क्रममा दबाब र धम्की आएको, निष्पक्षरुपमा काम गर्न कठिनाई भएको र १५ दिन म्याद थप्ने काम भएको भन्दै केसीले तीन दिनअघि राजीनामाको घोषणा गरेका थिए ।

केसीले राजीनामाको घोषणा गरेसँगै निर्मला पन्त हत्या प्रकरणमा दोषी बनाउने प्रयास गरिएका दिलिपसिंह विष्ट पनि निर्दोष भएको प्रमाणित भएपछि घटनामा पहुँचवालाकै संलग्नता रहेको करिव पुष्टि भएको छ । केसीको राजीनामाको घोषणा र विष्टको मेडिकल परीक्षणको प्रतिवेदनले निर्मला पन्तको हत्या प्रकरणले अब नयाँ रुप लिने देखिएको छ ।

केसीले बुधबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी आफू काममा फर्किएको बताए । उनले छानविन समितिका संयोजकसमेतसँग कुरा भएर वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउन एकमत भएपछि आफू काममा फर्किएको बताए ।

समितिको थप भएको अवधिमा छानविन कार्यमा निष्पक्ष छानविन गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै काममा फर्किएको भन्दै केसीले यस विषयमा गृहमन्त्री थापासँग दुई घण्टा लामो छलफल भएको, छलफलमा आफूहरुको सुरक्षा र संलग्न दोषीहरुलाई कारवाही गर्न एकमत भएकोले काममा फर्किएको बताए ।

उनले तपाईंलाई कहाँबाट धम्की आएको हो ? भन्ने प्रश्नमा केसीले गत भदौ १५ गते मोटरसाइकलमा आएका एक व्यक्तिले आफूलाई धम्क्याएको सुनाए । केसीले भने ‘मोटरसाइकलमा आएका एक मोटो व्यक्तिले( एक्लै आउनु भएको रहेछ, यहाँ यसअघि पनि ट्रकले किचेर मान्छेको मृत्यु भएको सुनिएको थियो। त्यहाँ अली खतरै छ भने ।’
उक्त धम्कीपछि आफ्नो हत्याको योजना भइरहेको बुझेर राजीनामा दिएको केसीले बताए । उनले अनुसन्धानको दायरा फराकिलो बनाएर वास्तविक हत्यारालाई सत्ता लगाइ कारवाही गर्न समस्या नरहेको बताए ।

Advertisement

Advertisement

Advertisement