तीजको दिनमा सेयर बजार दोहोरो अंकले बढ्यो, बाणिज्य बैंकले उचाल्यो नेप्से

Advertisement

काठमाडौं । तीजको दिन बुधबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १३ अंकले बढेर एक हजार २३० नाघटेको छ भने कारोबार पनि बढेर ४३ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

आज कुल १६३ कम्पनीको सेयर कारोबार भएकोमा सबैभन्दा धेरै एनआइसी एसिया बैंकको चार करोड ८९ लाख रुपियाँको कारोबार भएको छ । नाफा धेरै कमाउनेमा रिडि हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् भने घाटा धेरै खानेमा आइसीएफसी फाइनान्सका लगानीकर्ता छन् ।

समूहगत कारोबार हेर्दा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक सबैभन्दा धेरैले बढेको छ । बाणिज्य बैंकको उपसुचक एक दशमलव ३२ प्रतिशतले बढेको छ । निर्जिवन बीमा समूहको उपसुचक एक दशमलव ९७ प्रतिशतले बढे पनि यसको हिस्सा सानो भएकोले नेप्सेमा ठूलो प्रभाव पर्दैन ।

उत्पादनमूलक, होटल र वित्त समूहको उपसुचक घटेका छन् भने बाँकी सबै समूहको उपसुचक बढेको छ ।

Advertisement

Advertisement

Advertisement