तीन वर्षमा सम्पन्न गर्नेगरी चक्रपथमा मोनोरेल बनाउन चीनियाँ कम्पनी इच्छुक

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले अबको तीन वर्षभित्र काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न तिव्र तयारी गरेको छ । चीनियाँ कम्पनी चाइना रेलवे २५औं व्यूरो गुरप कम्पनी(सिआरसीसी)ले प्रारम्भिक प्रतिवेदन बुझाएसँगै तीन वर्ष भित्र चक्रपथमा मोनोरेल चल्ने सम्भावना बढेको हो ।

सिआरसीसीले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले निर्माणका लागि सहमति दिएमा डिपीआरको काम थाल्ने जनाएको छ । कम्पनीले गत जेठमा छ महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउनेगरी अध्ययनको अनुमति लिएकोमा चार महिनामै प्रतिवेदन बुझाएको छ ।

कम्पनीको प्रतिवेदन अनुसार चक्रपथमा मोनोरेल निर्माणको कुल लागत करिब एक खर्ब १६ अर्ब रुपियाँ लाग्ने छ । कम्प्नीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई साँगै राखि अनुमानित कुल लागत सहितको प्रारम्भिक बुझाएको छ ।

सिआरसीसीले डीपीआर शुरु गरेको छ महिनाभित्र प्रतिवेदन बुझाउने र काम शुरु गरेको तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ । कुल २७ किलोमिटर पाँच सय मिटरलामो चक्रपथमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेसन रहनेगरी मोनोरेल निर्माण गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement