जगदम्बा कंक्रिटोको प्रयोगले निर्माण लागत ७५ प्रतिशतसम्म घट्ने कम्पनीको दाबी

Advertisement

काठमाडौं । जगदम्बा समूहले बेलायती र जर्मनी प्रबिधिद्वारा निर्मित गुणस्तरीय प्रि कास्ट निर्माण सामग्रीहरु बजारमा ल्याएको छ । समूहले जगदम्बा कंक्रिटो नामक उद्योगबाट उत्पादिट ब्लक, ब्रिक, पेभरको साथसाथै अन्य प्रि– कास्ट बस्तुहरु जस्तै फ्ल्याग टायल्स, ससर ड्रेन, कर्भस्ट्रोन आदिको बजारमा ल्याएको हो ।

उद्योगद्धारा उत्पादीत निर्माण सामाग्रीको प्रयोगले निर्माण लागतमा १० देखि ७५ प्रतिसत सम्म बचत हुने कम्पनिले जनाएको छ । परम्परागत रुपमा उत्पादन, हुने निर्माण सामग्री भन्दा निकै टिकाउ हुने, आकारमा एकरुपता भएको, उच्च गुणस्तरयुक्त, आकर्षक, प्रदुषण कम गर्नेे जस्ता विशेषताहरु भएकाले उक्त उत्पालनहरु हरेक प्रकारका निर्माणका लागि उपयोगि हुने कंम्पनीको जनाएको छ ।

घर, हाउजिङ्ग, अपाट्रमेन्ट, सपिङ्गकम्पेक्स, होटल, बाटो, राजमार्ग, पार्क आदि जस्ता संरचनालाई आवश्यक हुने ईटा, ब्लक, पेभर, कर्भस्टोन, स्ल्याव आदि वस्तुहरुको प्रयोगले निर्माणको गुणस्तरीयता तथा आधुनिक्ता पाउने कम्पनीको दाबी छ । साथै यस्ता बस्तुहरु विभिन्न गौरवमय आयोजनाहरुमा समेत प्रयोग गर्दा समय तथा खर्चको बचत हुने र संरचनाहरु आकर्षक देखिने कम्पनीको भनाई छ ।

कंम्पनीले उपभोक्ताको सुविधालाई मध्ये नजर गर्दै ग्राहक सेवा केन्द्र स्थापना गरी इन्जिनियरीङ्ग कन्र्सलटेन्सी सर्भिस लगायत आवश्यक्ता अनुसार क्रेनको सुविधा पनि उपलब्ध गराउने जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement