काठमाडौं। घटस्थापनाको दिन रिलिज हुने आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्र फिल्म छक्का पञ्जा ३ ले दशैं गीतको जिंगल बनाएको छ। फिल्मको हिट गीत पहिलो नम्बरमाकै संगीतमा दशैं गीत तयार पारेका हुन्।
यस गीतमा डेबिड शंकरको स्वर तथा दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालको र्याप रहेको गीतमा दीपक शर्माको संगीत छ । यसको शब्द केदार घिमिरेले लेखेका छन् । गीत मार्फत् चलचित्र प्रदर्शन मिति समेत भनिएको छ ।
दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरुको अभिनय रहेको यो चलचित्र दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, सन्जोग कोइराला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्टलगायतले अभिनय देख्न सकिन्छ । चलचित्रका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) हुन् ।