राष्ट्रिय वाणिज्य बैंकबाट ९ प्रतिशत ब्याजदरमै गाडी किन्न ऋण पाइने

Advertisement

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयाँ गाडी कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ ।

गाडीको कोटेशनमा अंकित मुल्यको बढिमा ६५ प्रतिशत वा रु. ५० लाख मध्ये जुन कम हुन्छ, सो रकम कर्जा लगानी गरिने छ । कर्जा अवधि ५ वर्षसम्म भएमा ९ प्रतिशत र ५ वर्षभन्दा बढि कर्जा अवधि भएमा ९.५ प्रतिशत ब्याजदर लागु हुने छ । बढिमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०७५ कार्तिक मसान्तसम्म मात्र लागु हुने छ ।

निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने छ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ ।

Advertisement

Advertisement

Advertisement