‘छक्का पञ्जा –३’ ले गर्यो ओपनिङमै आक्रामक व्यापार

Advertisement

काठमाडौं । घटस्थापनाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ ले वर्षकै ठूलो ओपनिङ पाएको छ । नेपालका सबै हलमा सोलो रिलिज पाएको ‘छक्का पञ्जा –३’ हेर्न देश भरिका हलहरुमा दर्शकको ओहिरो लागेको छ । चलचित्र रिलिजअघि नै बुकिङ खुला भएका कारण दर्शकलाई चलचित्र हेर्नका लागि पनि निकै सहज भएको छ ।

बर्ष २०७५ कै सर्वाधिक प्रतिक्षीत फिल्म बनेको छक्का पञ्जा ३ु को ओपनिङ डे कलेक्शनले नै हालसम्मको सबै फिल्मको रेकर्ड ब्रेक गर्ने अनुमान छ । फिल्मले पहिलो दिन मात्रै १ करोड २० लाख आसपासको ओपनिङ गर्नसक्ने अनुमान छ । पहिलो दिन फिल्म हेर्ने दर्शक १६(३० वर्ष उमेर समुहका बढी देखिएका छन् ।

पाँचदिने विकेन्ड पाएको दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।

Advertisement

Advertisement

Advertisement