एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको माग उच्च, कारण यस्ता छन्

Advertisement

काठमाडौं । एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्सले चाडपर्वको आगमनसँगै एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको माग वृद्धि भएको जनाएको छ । साथै ४९ र ४३ इन्चको युएचडी टिभीको माग राम्रो रहेको कम्पनीले जनाएको छ ।

एलजीको युएचडी टिभीमा फोरके पिक्चर डिस्प्ले (फुल एचडी भन्दा चार गुणा स्तरीय पिक्चर), म्याजिकमोसन रिमोट कन्ट्रोल (कम्प्युटरको माउस जसरी चलाउन सकिने), २० वाट साउण्ड (ठुलो र स्तरीय आवाज), फ्रि नेट टिभी (विनातार र सेटप बक्स तीन महिनासम्म निःशुल्क नेट टिभी चलाउन सकिने), सजिलो अपरेटिङ सिस्टम जस्ता सुविधाका कारण यसको माग गरेको जनाइएको छ ।

उल्लेखित साइजका टिभीहरु सुलभ मुल्यमा बजारमा उपलब्ध छन् । जसमा ६५ इन्चको ग्राहक मूल्य दुई लाख ६७ हजार ९९०, ५५ इच्नको एक लाख ६१ ह्जार ९९०, ४९ इन्चको एक लाख ३७ हजार ९९० र ४३ इन्चको ८८ हजार ९९० रहेको छ । साथै यी टिभीहरुमा आकर्षक हात खाली नहुने उपहारहरु पनि रहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement