‘बुढीगण्डकी असफल कम्पनीलाई दोहोर्याए दिने निर्णय फिर्ता नभए यो सरकार असफल हुन्छ’

Advertisement

काठमाडौं । काँग्रेस नेता भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवालाई दिएकोमा आपत्ति जनाउँदै उक्त परियोजना गेजुवाले बनाउन नसक्ने ठोकुवा गरेका छन् ।

रिपोर्टर्स क्लवमा बुधबार उनले भने, ‘म आँफै पनि सरकारमा भएको बेला बुढीगण्डकीको विषयमा टुँगो लागिसकेको थियो । नेपालमा गेजुवाको रेकर्ड राम्रो छैन् । त्यसकारण गेजुवालाई दिनु भनेको गलत हो । गेजुवाको अरु बिजनेश राम्रो छ । तर, नेपालमा उसको विगत हेर्ने हो भने उ असफल कम्पनी हो ।’

सरकारको उक्त निर्णयको बारेमा सबै ठाउँमा विरोध भएको उनले सुनाए । प्रधानले भने, ‘नेपालमा पनि विरोध भएको छ । सरकारले यसमा पूर्नविचार गर्नुपर्छ । यदि पूर्नविचार गरिएन भने फेरि द्वन्द्व हुन्छ । यही कारणले भोलि वर्तमान सरकार असफल हुन्छ ।’ सरकारले यो निर्णय गर्दा प्रतिपक्षीदलसँग कुनै छलफल तथा परामर्श नै नगरेको भन्दै उनले गुनासो समेत पोखे ।

प्रधानले भने, ‘प्रतिपक्षीलाई मिलाएर लैजाने काम सरकारको हो । र, प्रधानमन्त्रीको हो । देशको नेतृत्व गरेर बसेको प्रधानमन्त्री जस्तो व्यक्तिले पार्टीको नेतृत्व गरेर बसेजस्तो अभिव्यक्ति दिनुहुँदैन् । यसले गर्दा गणतन्त्रलाई नै खतरा पर्ने सम्भावना हुन्छ ।’

चुनावको बेला तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार बनाउनको लागि तालमेल नगरेको तर बहुमत आएपछि सरकार गठन गरेको उनले स्पष्ट पारे । प्रधानले भने, ‘त्यही पनि नेपाली जनताले दुई तिहाई बहुमतको सरकारबाट धेरै आशा गरेका थिए । केही न केही सुधार होला भनेर जनता खुशी पनि भए । तर, अहिले सरकारको निर्णय हेर्दा खुशी भन्दा पनि जनता निराशा हुन थालेका हामीले महशुस गरेका छौं ।’

यद्यपी प्रधानले सरकार गठन भएको थोरै समय व्यतित भए पनि हुने विरुवाको चिल्लो पात भनेझैं वर्तमान सरकारले खासै राम्रो छनक भने नदेखाएको गुनासो पोखे ।

Advertisement

Advertisement

Advertisement