‘राष्ट्रिय एकता, अखण्डताविपरित केही व्यक्तिको स्वार्थका लागि संविधान संशोधन गर्न मिल्दैन’

Advertisement

काठमाडौं । सत्ताधारी दल नेकपाका नेता केशव बडालले सरकारको सात महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा बिहीबार उनले भने, ‘सरकार रात दिन काम गरिरहेको छ । सरकारबाट अहिलेसम्म अलोकप्रिय काम भएको छैन् । आजको भोलि नै सबै काम हुँदैन् । समय लाग्छ । पाँच वर्षमा गर्ने काम आजै हुँदैन् ।’

नेता बडालले अप्राकृतिक मुल्यवृद्धि यदि भएको छ भने सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए । उनले भने, ‘सरकारको विकल्प खोज्दा अस्थिरता निम्तिन्छ । सरकारलाई सफल बनाउनको लागि सबैको सहयोग चाहिन्छ । राष्ट्रको समृद्धि, निर्माण र विकास एकल पार्टीले गर्न सक्दैन् । एकतावद्ध प्रयास भयो भने देशको समृद्धि सम्भव हुन्छ ।’

बडालले मन्त्रिमण्डल फेरबदल गर्नुभन्दा पनि गल्ती गर्ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘मन्त्रिमण्डल फेरबदल गरेर हुँदैन् । यदि कसैले गल्ती गरेको छ भने कारबाही गर्नुपर्छ ।’

त्यस्तै उनले सात महिनाको सरकारको कार्यकालमा सफल भएको पनि दाबी गरे । यो सात महिनामा सरकारले सम्पूर्ण ऐन तथा कानूनहरु पारित गरेको, चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेको, भारतसँग थप हवाई रुटको सम्झौता गरेको, तराई डुबानको समस्या न्यून गर्न भारत सकारात्मक बनेको, विराटनगरमा रहेको फिल्ड अफिस हटेको लगायतका फेहरिस्त सुनाउँदै सरकार सफल भएको आधारहरु सुनाए ।

सरकारले साँच्चिकै गल्ती गरेको छ भने विरोधमा उत्रिनुपर्ने, नभए अनावश्यक विरोध गर्ननहुने भन्दै उनले राष्ट्रिय स्वाधिनता, अखण्डता, एकता, सार्वभौमिकता, संविधान कार्यान्यवयन र सामाजिक न्यायको काममा सबै दलहरुबीच हातेमालो हुन जरुरी रहेको बताए ।

फरक प्रसँगमा बडालले सरकार संविधान संशोधन गर्न तयार रहेको सुनाए । तर, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकताजस्ता विषयमा उदारता हुन नसक्ने उनले जिकिर गरे । उनले भने, ‘जरुरी विषयमा मात्रै संविधान संशोधन हुन्छ । विभेद छ भने त्यसलाई संशोधन गर्नुपर्छ । सिमित व्यक्तिको फाइदाको लागि केन्द्रित हुनुहुँदैन् ।’

Advertisement

Advertisement

Advertisement