'ईश्वर छैन, यदी छ भने कार्ल माक्स ईश्वर हो' भन्ने ओलीले नवदुर्गा मातालाई सम्झिए

Advertisement

झापा । प्रधानमन्त्री केपी ओलीले चानचुने षड्यन्त्रले कुनै हालतमा सरकार नढल्ने बताउँदै ठूलो षडयन्त्र चाहिने बताएका छन् । बिर्तामोडमा दसैं शुभकामना आदानप्रदानसम्वन्धी कार्यक्रममा बिहीबार उनले उक्त कुरा बताएका हुन ।

यसअघि सार्वजनिक कार्यक्रममा ईश्वर छैन यति छ भने कार्ल माक्स नै ईश्वर हुन भनेका ओलीले नवदुर्गा माताको शक्ति सरकारलाई पनि प्राप्त रहेकोले यो सरकारलाई कसैले ढाल्न नसक्ने बताए ।

उनले ओलीले सरकारले काम गरेन भन्दै षड्यन्त्र गर्नेको ओथारो काम नलाग्ने बताए । ओलीले भने, ‘सरकारले केही गरेन भन्दै हाल्ला फैलाउने र षड्यन्त्र गर्नेको ओथारो काम लाग्दैन । नवदुर्गा माताको शक्ति सरकारलाई पनि प्राप्त छ ।’

ओलीले षड्यन्त्रकारीहरु आफैं पराजित हुने दाबीसमेत गरे । उनले भने, ‘नवदुर्गा माताको शक्ति सरकारलाई पनि प्राप्त भएको छ । षड्यन्त्र गर्ने आफैं पराजित जान्छन् ।’

धेरै नागरिकको चाहनाले नै अहिलेको सरकार बनेको र आफूलाई प्रधानमन्त्री बनाएको बताउँदै ओलीले सरकारको लक्ष्य भनेकै राष्ट्रिय संकल्प पूरा गर्ने र सो संकल्प भनेकै विकास भएको बताए ।

उनले आफू प्रधानमन्त्री हुँदा सरकारको ढुकुटी रित्तो अवस्थामा रहेको, संघीय र स्थानीय सरकार निर्माण गर्नुपर्ने, विकासका काम बीचमा नै रोकिएको अवस्थामा रहेकाले सबैलाई गति दिन समय लागेको जिकिरसमेत गरे ।

प्रधानमन्त्री ओलीले चुनावताका आफूले बोलेका कुरा पूरा नहुँदा दुःख लागेको बताउँदै चुनावमा घोषणा गरे अनुसार नै वृद्धभत्ता बढाउने बताए । उनले भने, ‘केही कुरा चुनाव ताका बोले पनी पूरा गर्न नसक्दा मलाई दुःख लागेको छ । आगामी वर्षदेखि वृद्धभत्ता बढाएर वितरण गर्ने तयारी सुरु भएको छ।’

ओलीले कोशी र गण्डकीमा पानी जहाज चलाउने आफ्नो कुरालाई धेरैले हावामा उडाएको गुनासो गर्दै आफू नेतृत्व सरकारकै पालामा बोलेको कुरा पूरा गरेर देखाउने दावी गरे । उनले पाँच वर्षमा रक्सौल–काडमाडौं रेल सेवा सुरु हुने बताए ।

Advertisement

Advertisement

Advertisement