जलवीरेमा बस दुर्घटना, तीन जनाको मृत्यु, दुई दर्जन घाइते

Advertisement

चितवन । बिहीबार राति चितवनमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । झापाको काँकडभिट्टाबाट पोखरा हिँडेको ना ५ ख ४३८३ नम्बरको बस शुक्रबार राति १ बजे चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको हो।

बस मोडिन नसक्दा दुर्घटना भएको प्रहरीको अनुमान छ। बस सडकबाट सिधै खोलामा पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकमध्ये झापा मेची नगरपालिका ८ बस्ने ३५ वर्षीय उदयमान राजवंशीको सनाखत भए पनि अन्य दुई जनाको सनाखत हुन सकेको छैन।

घाइतेमध्ये २२ जनाको चितवनकै पुरानो मेडिकल कलेज र एकजनाको नयाँ मेडिकल कलेजमा उपचार भइराखेको छ। मृतकको शव भरतपुर अस्पतालमा राखिएको छ।

Advertisement

Advertisement

Advertisement