राजधानीमै नक्कली पैसा छाप्ने कारखाना, पाँच जना पक्राउ

Advertisement

काठमाडौं । राजधानी काठमाडौंमै नक्कली नोट छाप्ने कारखाना रहेको तथ्य सार्वजनिक भएको छ। प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरिनुका साथै छपाईमा प्रयोग भएका उपकरणहरु प्रयाग गर

प्रहरीले कीर्तिपुर नगरपालिका ४ मच्छेगाउँस्थित कृष्णबहादुर क्षेत्रीको घरका दुईवटा कोठा छापा मार्दा नक्कली पैसा छाप्ने कारखाना फेला परेको हो । यो घरमा नारायण श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले कोठामा मेशिन नक्कली मेशिनबाट पैसा छाप्ने गरेको पाइएको हो ।

उनीहरुले क्षेत्रीको घरको पाँचौ तलाका दुई कोठा भाडामा लिएका थिए । भाडाका कोठामा मेसिन राखेर नक्कली पैसा छाप्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

सँगै प्रहरीले क्षेत्रीको घरबाट तीन लाख ७० हजार नक्कली रुपियाँ, एकथान ब्रदर कम्पनी पैसा छाप्ने मेसिन, २ थान मसिन बट्टा, पैसा छाप्ने पेपर र रबर स्ट्याम बरामद गरेको काठमाडौंका प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिए।

नक्कली नोटको कारोबारमा संलग्न गोरखा, मकवानपुर, पर्सा र काठमाडौंका पाँच पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पर्साका दुईजना छन्। पर्साका कीर्तिपुर बस्ने २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र जोरपाटी बस्ने २८ वर्षीय राज श्रेष्ठ हुन्।

त्यसैगरी गोरखा घर भएर कीर्तिपुर बस्दै आएका २५ वर्षीय नारायण श्रेष्ठ, मकवानपुर घर भइ मुलपानी बस्ने २५ वर्षीय साहिल थापामगर, काठमाडौंको कागेश्वरी घर भएर कुमारीगाल बस्दै आएका विकास दोचे रहेका छन्।

उनीहरुबाट एक थान ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउन प्रयोग भएका सक्कली एक हजारका तीन थान नोट, १०० को ३ थान नोट, गोर्खा फाइनान्सको ट्याग भएको पैसा बण्डल, नक्कली एनआसी बैंकको चेक बुक।

नक्कली नोट कारोबारमा संलग्नलाई प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेर आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

Advertisement

Advertisement

Advertisement