निर्मला हत्या अनुसन्धानमा गम्भीर लापर्वाही गर्ने विष्ट र भट्टलाई निष्काशनको सिफारिस

Advertisement

काठमाडौं । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए।

प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता थापाले गृह मन्त्रालयले उक्त सिफारिस उपर आइतबार निर्णय गर्न सक्ने सम्भावना रहेको बताए। कञ्चरपुरकी बालिका पन्तको बलात्कारपछि हत्या भएको घटनाको तत्कालै अनुसन्धान गर्नुपर्नेमा प्रमाण लुकाउन आफैले लागेको, निर्दोषलाई दोषी बनाउने प्रयास गरेको, स्थानीयको न्यायिक आन्दोलनमा दमन गरेको आरोप विष्टमाथि लाग्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement