एनआइसी एसियाले चार अर्बको ऋणपत्र जारी गर्दै, नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रवन्धमा नियुक्त

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले मंगलबार एक हजार अंकित दरका ४० लाख कित्ताले हुन आउने चार अर्ब बराबरको ‘११ प्रतिशत एनआइसी एसिया ऋणपत्र २०८५/८६’ निष्कासनको लागि नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

यस अगाडि बैंकले जारी गरेको एक अर्ब ८३ करोड रुपियाँको ‘११ प्रतिशत एनआइसी एसिया ऋणपत्र २०८२/८३’ सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको बैंकले जनाएको छ । प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने बैंकको विश्वास छ ।

ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआइसी एसिया बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र नेपाल एसबिआई मर्चेन्टका प्रबन्ध निर्देशक छविराज पन्तले हस्ताक्षर गरे । चार अर्ब रुपियाँ बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (तीन अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्रबोर्डको स्वीकृतिपछि निष्कासन तथा बिक्री खुला गरिने जनाइएको छ ।

प्रस्तावित ऋणपत्र अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

Advertisement

Advertisement

Advertisement