साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट, धेरै घाटा खानेमा आइएमई जनरलका लगानीकर्ता

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से १३ दशमलव ६२ अंकले घटेर एक हजार २२६ कायम भएको छ ।

आज कुल ३२ करोड २६ लाख रुपियाँको सेयर किनबेच भएकोमा सबैभन्दा बढि ग्लोबल आइएमई बैंकको दुई करोड ३३ लाख, त्यसपछि प्रभु बैंकको दुई करोड ३२ लाख, एनआइसी एसियाको दुई करोड २८ लाख रुपियाँको सेयर किनबेच भएको छ ।

समूहगत कारोबारतर्फ आज कुनै पनि समूहमा सुधार आउन सकेन । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सेयर एक दशमलव ५३ प्रतिशतले घटेको छ । त्यस्तै, वित्त, निर्जिवन र लघुवित्त समूहको उपसुचक एक प्रतिशतभन्दा बढिले गिरावट हुन पुगेको छ भने बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ ।

आज राम्रो कमाई गर्नेमा नेपाल सेवा लघुवित्त समूहका लगानीकर्ता छन् भने घाटा खानेमा आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ता छन् । आइएमई जनरलको सेयर ४० अंकले घटेर ७४५ रुपियाँ कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement