बुटवलको लगातार दोस्रो जित, पोखरा ३३ रनले पराजित

Advertisement

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिगको आईतबार भएको दोस्रो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ । बुटवलले पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको हो । यो सँगै बुटवलले लगातार दुई खेलमा जित हात पारेको छ ।

यस खघि बुटवलले आफ्नो पहिलो खेलमा चितवन राइनोज लाई पराजि गरेको थियो । पोखरा पल्टनले भने आफ्नो पहिलो खेलमा विराटनगर टाइटन्सलाई हराएको थियो । बुटवलले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभर खेल्दै नौ विकेटको क्षतिमा ११७ रनमै समेटिएपछि बुटवलले ३३ रनको जित निकालेको हो ।

१५१ रनको लक्ष्यका लागि जवाफी ब्याटिङ गरेको पोखराका लागि अरिफ शेखले सर्वाधिक २० रनको योगदान दिए । उनले १५ बल खेल्दै चार चौका प्रहार गरे । त्यस्तै शरद भेषावकर १९, रभिन्द सिंह ११, मोहम्मद नभिद ११ र रसिद खानले १० रन बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

पोखरालाई सस्तैमा समेट्ने क्रममा बुटवलका सोमपाल कामी, ललित भण्डारी, विपिन खत्रि र रोहन मुस्तफाले २–२ विकेट लिए भने सागर पुनले एक विकेट लिए ।

यसअघि पोखरा संगशाखामा टस जितेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा १५० रन बनाएको थियो । पोखराका लासग भिम सार्कीले सर्वाधिक ५४ रनको अर्ध शतकीय पारीको योगदान दिए । उनले ४६ बलको सामना गर्दै दुई चौका र तीन छक्का प्रहार गरेका थिए ।

त्यस्तै रोहन पुस्तफाले पनि ४५ रन प्रहार गरे । अन्य ब्याट्सम्यानमा सोमपाल कामीले आठ बलमात्रै खेल्दै दुई चौका र एक छक्काको मद्दतले २२ रन जोडे ।

त्यस्तै सिद्धान्त लोहनीले १३ रन जोडे पनि अन्य व्याट्सम्यानको प्रदर्शन खासै राम्रो भएन । बुटवल ब्लास्टर्सले अन्तिमा (२० औं) ओभरमा तीन विकेट गुमाएको थियो ।

यसअघि फिलडिङ गरेको पोखराले बुटवललाई १५० मा समेट्ने क्रममा पोखराका मोहम्मद नभिदले तीन विकेट लिए र । मेहेबुब आलम, ललित राजवंशी र सरद भेषावकरले समान १–१ विकेट लिए । बुटवल ब्लास्टर्सको नेतृत्व सोमपाल कामी र पोखरा पल्टनको नेतृत्व सरद भेषावकरले गरेका छन् ।

Advertisement

Advertisement

Advertisement