एनआईसी एसियाको नयाँ शाखा तेह्रथुमको म्याङलुङमा

Advertisement

काठमाडौं । एनआईसी एसिया बैंकले तेह्रथुमको म्याङलुङमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ शाखाको आईतबार म्याङलुङका मेयर संजयकुमार तुम्बाहाङ्फेले उद्घाटन गरेका हुन् ।

बैंकले हाल मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १९९ अर्ब रुपियाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६७ अर्ब रुपियाँ तथा कर्जा १३९ अर्ब रुपियाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाएको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

Advertisement

Advertisement

Advertisement