पन्ध्र हजारमै नेपाली कामदार मलेसिया पठाउने गरी नेपाल र मलेसियाबीच श्रम समझदारी

Advertisement

काठमाडौं । नेपाल सरकार र मलेसियन सरकारबीच कामदार भर्ना, रोजगारी र फिर्ता सम्बन्धी समझदारी पत्र(एमओयू) मा हस्ताक्षर भएको छ । सोमबार बिहान काठमाडौंमा एक समरोहबीच नेपालका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र मलेसियाका लागि मानव संशाधन मन्त्री एम.कुलासेगरनले समझादारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै मन्त्री बिष्टले मलेसियामा नेपाली कामदार जान थालेको दुई दशकपछि भएको यस प्रकारको समझदारी नेपाली श्रमिकको हितको लागि महत्वपूर्ण भएको दाबी गरे ।

समाझदारी पत्र अनुसार मलेसिया जाने नेपाली कामदारका लागि लाग्ने शुल्क, आवतजावत हवाई टिकट, भिसा शुल्क, स्वाथ्य परीक्षण, सुरक्षा जाँच, लगायतबापत खर्च रोजगारदाताले नै बेहोर्ने छन् ।

यसअघि मलेसिया जाने कामदारको करार अवधि तीन वर्षको हुने गरेकोमा अब दुई वषको मात्रै हुनेछ । कामदारमको पारिश्रमिक महिनाको ७ गतेभित्र कामदारको बैंक खातामार्फत भुक्तानी गरिने पनि समझदारी पत्रमा उल्लेख गरिएको बिष्टले जानकारी गराए ।

नेपाली कामदारले मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी नेपाली तलब भत्ता र सुविधा पाउने व्यवस्था पनि समाझदारी पत्रले गरेको छ । कामदारको बिमा सम्बन्धी मलेसियन सरकारले हाल गरेको र भविष्यमा गर्ने सबै व्यवस्था नेपाली कामदारका लागि पनि लागू हुने कुरा पनि समझदारीमा उल्लेख भएको छ ।

कामदारको आफ्नै परिवारको व्यक्ति ( बाबु, आमा, श्रीमान÷श्रीमती, छोरा÷छोरी )को मृत्यु भएमा १५ दिनको छुट्टी पाउने व्यवस्था गरिएको छ । यदि कामदारको मृत्यु वा अङ्ग भङ्ग भएमा नेपाली दुतावासलाई खबर गर्नुपर्ने र मृत्यु भएको खण्डमा कामदारको शव नेपाल पठाउने व्यावस्था रोजगार दाताले गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

कामदार पठाउने प्रक्रियाको बारेमा भने आजै बस्ने प्राबिधिक समितिले गहन अध्यान गरी निर्धारण गर्ने मन्त्री बिष्टले जानकारी दिए । उनले अब नेपाली कामदारले मलेसिया जानका लागि कुनै पनि शिर्षकमा अनावश्य आर्थिक भार व्यहोर्न नपर्ने पनि जानकारी गराए । समझदारी पत्रको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशका सरकारी पदाधिकारी संलग्न भएको संयुक्त कार्य समूहको गठन पनि गरिएको छ ।

मलेसियन मानव संशाधन मन्त्री एम.कुलासेगरनले नेपाली कामदारले अब मलेसिया जानका लागि ५ सय ५ मलेसियन रिंगिट (लगभग १५ हजार नेपाली रुपियाँ) मात्र खर्च गनुैपर्ने बताए ।

उनले नेपाली कामदारले अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) र मलेसियन श्रम कानुन अनुसारको सामाजिक सुरक्षा पाउनेगगरी समझदारी गरिएको जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement